२७ बैशाख २०८१, बिहीबार

प्रतिनिधि सभा विघटनविरुद्ध दाहाल नेपाल-समूहद्वारा माइतीघरमा धर्ना



काठमाडौ।प्रतिनिधि सभा विघटनविरुद्ध चरणवद्ध आन्दोलन गर्दै आएको नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार तेश्रो दिन पनि माइतिघरमा धर्ना दिएको छ । 

प्रधानमन्त्रीद्वारा असंवैधानिक रुपमा संसद विघटन गरिएको भन्दै त्यसको विरोधस्वरुप सो पक्षले धर्ना दिएको हो । धर्ना कार्यक्रममा दाहाल नेपाल समूहका संविधान सभा सदस्य,संघीय सांसद र प्रदेश सभा सदस्यहरु, नेता तथा कार्यकर्ताहरु सहभागी थिए ।

संविधानले प्रतिनिधि सभा विघटनको कल्पना नै नगरेको र संसद जिवित छ भन्‍ने सन्देश दिन एक साताका लागि नेकपाले धर्नाको आयोजना गरेको हो ।



प्रतिक्रिया दिनुहोस !