४ जेष्ठ २०८१, शुक्रबार

विदेशबाट कोरोना खोप लगाएर आए क्वारेन्टिन बस्न नपर्ने



१६ माघ, काठमाडौं । विदेशबाट कोरोना भाइरसको खोप लगाएर आएमा क्वारेन्टिन बस्न नपर्ने नियम ल्याइने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालका अनुसार मन्त्रालयले उक्त प्रस्ताव सीसीएमसी हुँदै मन्त्रिपरिषदमा लैजाने तयारी छ । खोप लगाएकाहरुलाई अनअराइभल भिसा दिने र नेपाल आइसकेपछि क्वारेन्टिन बस्न नपर्ने नियम ल्याउन लागिएको मन्त्री ढकालले बताए ।

नेपालमा पर्यटक आवागमन सहज बनाउन यस्तो नियम ल्याउन लागिएको बताए । अहिले बिदेशबाट आउँदा १० दिन क्वारेन्टिन बस्नु पर्ने प्रावधान छ । यसले नेपाल अहिले पनि बन्द रहेको सन्देश विदेशी पर्यटकबीच रहेको छ ।



प्रतिक्रिया दिनुहोस !