२ जेष्ठ २०८१, बुधबार

बाँडफाँट भयो इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ , तपाईलाई कति पर्यो ?



काठमाडौं । नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ शुक्रबार (आज) बाँडफाँट गरिएको हो ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकको जिम्मेवारी पाएको एनआइबीएल एस क्यापिटलले १४ लाख ७५ हजार ८० वटा योग्य आवेदन परेको जनाएको छ ।

क्यापिटलका अनुसार योग्य आवेदकहरु सबैले सेयर हात पारेका छन् । ६ हजारभन्दा धेरैको आईपीओ आवेदन भने रद्द भएको छ । योग्य आवेदकमध्ये ४ लाख ९२ हजार ७२ जनाले ६० कित्ताका दरले सेयर हात पारेका छन् ।

बाँकी सबै योग्य आवेदकलाई ५० कित्ताका दरले सेयर परेको क्यापिटलले जनाएको छ । बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो ।

८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

आईपीओमा मागभन्दा २।३९ गुणा बढी आवेदन परेको थियो । आईपीओमा १५ लाख २९ हजार ४६० जना आवेदकले १८ अर्ब १२ करोड ८६ लाख ७२ हजार रुपैयाँको १८ करोड १२ लाख ८६ हजार ७२० कित्ताको लागि आवेदन दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !