२ जेष्ठ २०८१, बुधबार

आज प्रचण्ड–माधव समुहको विराटनगरमा शक्ति प्रदर्शन



१६ माघ, काठमाडौं। प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको प्रचण्ड–माधव समुहको विराटनगरमा शुक्रबार शक्ति प्रदर्शनसहित विरोधसभा गर्ने भएको छ । यसअघि २ चरणको आन्दोलन गरिसकेको नेकपाको सो समूहले

तेस्रो चरणको आन्दोलन अन्तर्गत आज विराटनगरमा प्रदर्शन गर्न लागेको हो । विरोधसभा अघि आसपासका क्षेत्रबाट १२ बजे र्‍याली निकाल्ने र १ बजे विराटनगरको जनआन्दोलन चोकमा सभा सुरु हुने आयोजकले जनाएको छ ।

सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनाललगायतका नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !