२ जेष्ठ २०८१, बुधबार

नेकपा त भन्ने मात्र हो चुनाव जित्ने कांग्रेसले नै हो – नेता गौतम



काठमाडौ ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटेर निर्वाचनमा जाँदा हार निश्चित हुने दाबी गर्दै विभाजित नेकपाले चुनाव जित्न नसक्ने भविष्यवाणी गरेका छन् । ललितपुरको धोबीघाटस्थित सिद्धार्थ कटेजमा आयोजित ‘पार्टी एकता राष्ट्रिय अभियान’ घोषणा कार्यक्रममा बोल्दै गौतमले आगामी निर्बाचन कांग्रेसले जित्ने भविष्यवाणी गरेका हुन ।नेकपाको किचलो कारणले गर्दा चुनाव हार्ने पक्का पक्की नै भएको उनले बताए ।

उनले भने, ‘अघिल्लो निर्वाचनमा हामीले ४३ लाख मत प्राप्त गर्‍यौँ । नेपाली कांग्रेसले ३० लाख प्राप्त गरेको थियो । नेकपा फुटेर निर्वाचनमा जाँदा साढे २१ लाख भोट हात पर्छ, यो तथ्यांक केही यताउति पर्न सक्छ । तर यो भोटले निर्वाचन जितिँदैन । पराजित हुने विकल्प छैन ।’यसो हुँदा जीत कांग्रेसको नै हुने पक्का भएको उनले बताए ।

गौतमले केही नेताले एक्लै निर्वाचनमा बहुमत ल्याउने भनेर गरेको दाबी पनि गलत साबित हुने बताएका छन् ।कांग्रेसले पहिल्यै ३० लाख मत ल्याएकाले अब झन बढाउने गौतमको भनाइ थियो ।

बामदेब गौतमले घोषणा गरेको एकता अभियानमा संयोजक गौतम आफैं छन् भने सहसंयोजक केन्द्रीय सदस्य हरि पराजुली तथा सचिव बाबुराम थापा छन् ।नेकपा बिभाजन देखीनै गौतमले पार्टी एकतामा जोड दिदै आएका छन ।अझैपनि ऊनी एकताकै पक्षमा रहेका छ्न ।



प्रतिक्रिया दिनुहोस !