२ जेष्ठ २०८१, बुधबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ बाँडफाँड आज



१६ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आईपीआज बिहान १० बजे बाँडफाँड गर्ने बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले जनाएको छ ।

बैंकले आठ अर्ब रुपैयाँबराबरको आठ करोड कित्ता सेयर बिक्री खुला गरेको थियो । जसमध्ये ०।२ प्रतिशत अर्थात् एक लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४० लाख कित्ता म्युचुअल फन्डका लागि छुट्ट्याइएको छ ।

बाँकी सात करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।

कम्पनीको आईपीओमा १५ लाख ५० हजार ३२५ वटा आवेदनबाट १८ अर्ब रुपैयाँभन्दा माथिको आवेदन परेको छ ।

जसमध्ये ६ हजार २७६ आवेदन रद्द भएका छन् । बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलले कम्पनीको आईपीओ प्रि(अलोटमेन्ट गरेर स्वीकृतिका लागि नेपाल धितोपत्र बोर्डमा पठाएको छ ।

बोर्डबाट स्वीकृत भएपछि आज बिहान १० बजे क्यापिटलले केन्द्रीय कार्यालय लैनचौरमा आईपीओ बाँडफाँड हुन लागेको हो ।



प्रतिक्रिया दिनुहोस !