२९ बैशाख २०८१, शनिबार

ओलीको झर्‍यो आर्को शक्तिशाली विकेट , बुटवलमा भयो खैलाबैला (पूरापढ्नुहोस)



माघ ,१५ बुटवल। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनगरे पछि पुस , माघको जाडोमा पनि अहिले नेपाली राजनीतिमा भने गर्मागर्मी छाएको देख्न सकिन्छ । प्रतिनिधि सभा विघटन भएपछी नेकपा तीन भागमा विभाजन भएको छ । केपी ओली पक्ष , प्रचण्ड- नेपाल पक्ष र बामदेब गौतम फरक फरक धारमा प्रस्तुत भएका छन् ।

आज प्रचण्ड – नेपाल समुहले बुटवलमा गरेको बिरोध सभा बुटवलको अस्पताललाईन स्थित लुम्बिनी प्रादेशिक अस्पतालको खुला भागमा आयोजित सभामा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाको सहभागिता रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए।


पहिलो केपी ओलीको पकड मानिने यो क्षेत्र अहिलेको विवादले गर्दा अलि फरक ढंगले प्रस्तुत भएको छ । आज आयोजना गरेको बिरोध सभाम निकै जनताको उपस्थिती देखिएपछी यो सबैले अनुमान गर्ने सक्ने बिषय बनेको छ ।

संयोजक ठकुरका अनुसार विपक्षीले अपेक्षा गरेभन्दा धेरै जनसहभागिता हो। यसबारे अध्यक्षद्वय प्रचण्ड र नेपालले पनि चर्चा गरे। दुवै नेताले बुटवलबाटै अरु आन्दोलनहरुको नेतृत्व भएको भन्दै यो आन्दोलनको शुरुवात भएको बताए।

‘बुटवलमा राजतन्त्र हटाउन र त्यसअघिदेखि नै ठूला ठूला परिवर्तनहरुमा उल्लेख्य सहभागिता हुने गरेको छ, अध्यक्ष नेपालले भने, यो जनसहभागिताले अब केपी ओलीलाई सरकारबाट बाहिर निकाल्छ र जनताको जित हुन्छ।’



प्रतिक्रिया दिनुहोस !