४ जेष्ठ २०८१, शुक्रबार

खोप अभियानको दोस्रो दिन आज , कति जनाले लगाए कोरोना खोप ?



१५ माघ, काठमाडौं । कोरोना भाइरसविरुद्धको कोभिशिल्ड खोप अभियानको दोस्रो दिन बिहिबार २८ हजार ७ सय ३२ जनाले खोप लगाएका छन् ।

७७ जिल्लामा २८ हजार ७ सय ३२ कोरोना भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खोप अभियानको दोस्रो दिनआज सबैभन्दा धेरै बागमती प्रदेशमा ११ हजार ४ सय ६१ जनाले लगाएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा१ हजार ६ सय ७७ जनाले लगाएका छन् ।

प्रदेश १ मा ३ हजार ८सय ४७, प्रदेश २ मा २ हजार १ सय ७४, गण्डकी प्रदेशमा ४ हजार ८ सय ५३, लुम्बिनी प्रदेशमा २ हजार ३ सय ३ र सुदूरपश्चिम प्रदेशमा २ हजार ४ हजार १ सय २७ जनाले खोप लगाएका हुन् । कोरोनाभाइरस विरुद्धको खोप अभियानको पहिलो दिन हिजो ९ हजार ८४ जनाले खोप लगाएका थिए ।

हालसम्म खोप लगाएका कुनै पनि व्यक्तिमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !