४ मंसिर २०८१, मंगलवार

म्याद तामेल भएपछि जवाफ दिन्छु: पूर्वसभामु खढुंगाना



१५ माघ, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाले म्याद तामेल भएपछि सर्वोच्च अदालतले माग गरेको लिखित जवाफ दिने बताएका छन् ।

अदालतको अवहेलनासम्बन्धी रिटमा सर्वोच्चका न्यायाधीश मनोजकुमार शर्माको एक इजलासले बुधबार आफैं लिखित जवाफ पेश गर्न आदेश दिएलगत्तै पूर्वसभामुख ढुंगानाले यस्तो बताएका हुन् ।

‘कानून बुझेको व्यक्तिको नाताले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गरेको हुँ’ वरिष्ठ अधिवक्तासमेत रहेका ढुंगानाले भने, ‘म्याद तामेल भएपछि रिट निवेदन हेरेर जवाफ दिन्छु ।’

अधिवक्ता राजाराज घिमिरेले पूर्वसभामुख ढुंगाना विरुद्ध अवहेलना रिट दर्ता गरेका थिए । ढुंगाना भन्छन्, ‘निवेदकले सञ्चार माध्यममा आएका समाचारलाई आधार बनाएको रहेछ भने त्यो समाचारमा मेरो भनाइ जस्ताकोतस्तै उल्लेख भएको छ कि छैन त्यो पनि हेर्छु ।’



प्रतिक्रिया दिनुहोस !