१० मंसिर २०८१, सोमबार

३ महिनामा नागरिक अगुवा भएर प्रचण्ड–माधव समुह सडकमा पुग्छन्ः प्रधानमन्त्री



१५ माघ, काठमाडौं । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समुह ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने बताका थिए । प्रचण्ड–माधवले पार्टी चलाउने कुरा नभएको भन्दै नागरिक समाजको सम्मानित व्यक्तित्व बनाएर राख्ने समेत टिप्पणी गरे।

बिहीबार आफु निकट नेपाल ट्रेड युनियन महासंघको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधामन्त्री ओलीले प्रचण्ड–माधव पक्ष ३ महिनामा नागरिक अगुवा भएर सडकमा पुग्ने बताएका छन् ।

सम्बोधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखको निर्वाचनका लागि सजग र गतिशिल भएर लाग्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

प्रधानमन्त्री ओलीले पहिलो चरणमा प्रदेश नं.२, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा चुनाव गर्ने र दोस्रो चरणमा प्रदेश नं.१, बागमति प्रदेश र कर्णाली प्रदेशमा चुनाव गराउने गरी छलफल भइरहेको समेच बताएका छन् ।

पार्टीमा शुद्धिकरण अभियान चलेको बताउँदै उनले पार्टीको विकृति, विसंगति, अराजकता, अनुशासनहिनता र स्वार्थी प्रवृति किनारा लागेको बताएका छन् । पार्टी एक बिचार र एक धारणासाथ एकताबद्ध भएर अघि बढेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले मजदुर आन्दोलनलाई बलजफ्ती विभाजन गर्न खोजिएको भन्दै विभाजित हुन नदिई एकताबद्ध मजदुर आन्दोलन निर्माण गर्नुपर्ने बएका छन् । अल्मल्लिएकाहरुलाई आफुहरुको बाटोमा समाहित गराउनुपर्ने उनको बताए ।



प्रतिक्रिया दिनुहोस !