२८ बैशाख २०८१, शुक्रबार

आज नेपालभर थप २१३ कोरोना संक्रमित, २९६ संक्रमणमुक्त मृत्यु शून्य



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ५८८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार २०३ रहेको छ ।

यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ३७५ थियो ।

पछिल्लो २४ घण्टामा थप २९६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ३६५ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो।

यसअघि बुधबार सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९ रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !