४ मंसिर २०८१, मंगलवार

प्रधानमन्त्री र ४ पूर्वप्रधानन्यायाधिसलाई लिखित जवाफ लिएर आउन सर्वोच्च आदेश



१५ माघ, काठमाडौं । सर्वोच्च अदालतले मानहानी मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली सहित पूर्वप्रधानन्यायाधीशलाई लिखित जवाफसहित स्यवयं उपस्थित हुन आदेश दिएको छ।

न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले बिहिबार अवेहलना सम्बन्धी चारवटा निवेदनमाथि सुनुवाईपछि यस्तो आदेश दिएको हो ।

आदेशमा सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओली,चारजना पूर्व प्रधानन्यायाधीश र पूर्व सभामुख दमनाथ ढुंगानालाई सात दिनभित्र आफैं अदालतमा उपस्थित भएर जवाफ पेश गर्न भनेको छ।

रिटमाथि सुनुवाईपछि बाटोको म्याद बाहेक ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न जारी भएको हो ।

प्रधानमन्त्री केपी ओली,पूर्व प्रधाननन्यायाधीशहरु मीनवहादुर रायमाझी, कल्याण श्रेष्ठ, सुशीला कार्की, अनुपराज शर्मा र पूर्व सभामुख दमननाथ ढुंगानाले अदालतमा विचाराधीन मुद्दामा प्रभावित पार्ने गरि बोलेको भन्दै अलग अलग निवेदन दर्ता भएका थिए ।



प्रतिक्रिया दिनुहोस !