२८ बैशाख २०८१, शुक्रबार

बुटवलको विरोध सभामा नेता भुसाल भने, प्रधानमन्त्री केपी ओलीले फेरि निरङ्कुशताको बाटो देखाए



बुटवल । नेकपा प्रचण्ड–नेपाल समुहको बुटवलमा भइरहेको विरोध सभामा बोल्दै नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीमा ‘निरङ्कुशताको प्रेत उत्रेको’ बताएका छन् ।

राणा र राजाहरुकै शैलिमा ओली अगाडि आएको भन्दै नेता भुसालले भने–‘निरङ्कुशताको प्रेत बेलाबेला उकल्चिन्छ । आज फेरि निरङ्कुशताको प्रेत उकल्चेको छ ।’

आफैले चुनेको पार्टीको अध्यक्ष र प्रधानमन्त्रीले नै चुनौती खडा गर्नुले उनमा राणा तथा राजाहरुको प्रेत उत्रेको उनको भनाइ थियो । अगाडि उनले भने–‘ओलीको बाटो संम्विधानको हत्या, अस्थिरता, अशान्ति, बर्बादी, जनताको सत्यनास नै हो । ओलीले यी कर्तुत लुकाउन, जनताको ध्यान मोड्न सारा षड्यन्त्र रचेका छन् । त्यसका विरुद्ध नेपाल खडा भएको छ ।’

उनले थपे–‘हामीले चुनेको व्यक्ति तिम्रो जीवन केही होइन, संविधानमा लेखेको केही होइन, स्वतन्त्रता केही होइन, जे हो म नै हो भन्दै जव अगाडी आउनुभयो, त्यतीखेर हामीले उठ्नुपर्ने भयो, हामी जीवनको अर्थ खोज्न अगाडी आएका छौं ।’

‘ओली जन्मने परिस्थिती कसरी निर्माण भयो’ भन्ने कुरामाथि विमर्श गर्दै फेरि अर्को ओली नजन्मिने बाटो सुनिश्चित गर्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !