बलात्कार आरोपमा पक्राउ परेका भाइरल अर्जुन धरौटी बुझाएर छुटे
माघ, काठमाडौं । केही समयअघि पिठ्युमा बच्चा बोकेको तस्वीर मार्फत् भाइरल बनेका अर्जुन बिक बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका थिए ।
अपहरण तथा शरीर बन्धक गरी बालिकमाथि जबरजस्तीकरणी गरेको अभियोगमा अदालतले ५० हजार धरौटी लिएर छाड्न आदेश दिएको हो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी प्रतिक विष्टका अनुसार विक धरौटी बुझाएर छुटिसकेका छन् । घोडाघोडी नगरपालिका(२, सानेपानी घर भएका अर्जुनलाई आफ्नै पत्नीलाई जबरजस्तीकरणी गरेको अभियोग थियो ।
अदालतबाट जारी वारेन्टका आधारमा काठमाडौंको तिनकुने क्षेत्रबाट उनी पक्राउ परेका थिए । विकले गत ३० साउनमा काठमाडौंको देवीनगरस्थित डेरामा १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप भनिएको थियो ।
ती बालिकालाई उनले आफ्नो श्रीमती बताउने गरेका थिए । तर, कानुनतः १८ वर्ष भन्दा मुनि सहमितमै शारीरिक सम्पर्क गरेमा पनि जबरजस्ती करणी मानिने भएकाले उनीविरुद्ध मुद्दा परेको थियो ।