सम्झौता गरेअनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका कर्मचारी आन्दोलित
१५ माघ, काठमाडौं । मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू तकिएको पारिश्रमिक नदिएको भन्दै विरोध जनाएका छन् ।
मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको पछि आन्दोलनमा उत्रिन बाध्भएका हुन् ।
अस्पतालले कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमती गरेको थियो । सहमतीको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू धर्नामा बसेर विरोध जनाएका हुन्।
व्यवस्थापनले आफूहरूको कामको अवमुल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव निर्मल पोखरेलले जानकारी दिए ।
आफुहरुको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्ने लगायतको माग राखेका छन् ।