१३ बैशाख २०८१, बिहीबार

बुटवलमा भएको विरोध प्रदर्शन यस्तो छ (फोटोसहित)



१५ माघ, काठमाडौं । नेकपा प्रचण्ड-नेपाल पक्षले प्रतिनिधि सभा विघटनको विरोधमा आज बुटवलमा प्रदर्शन र सभा सुरु भएको छ । सो सभामा नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक ठाकुर गैरेले जानकारी दिए ।

उनका अनुसार सभाभन्दा अघि लुम्बिनी प्रदेशका अरु जिल्लाबाट आएका पार्टीका नेता कार्यकर्ताले बुटवलमा प्रदर्शन गर्न सुरु गरेका छन् । दक्षिणमा राजमार्ग चौराहा, पूर्वमा रामनगर, पश्चिममा जितगढी र उत्तरमा गोलपार्कमा भेला भएर अस्पताल लाईनमा हुने सभामा सहभागी भएका छन् ।

सभामा प्रचण्ड र नेपालका साथै नेताहरु घनश्याम भुसाल, युवराज ज्ञवाली, ठाकुर गैरेलगायतले सम्बोधन गर्न लागेका छन् । नेकपामा पार्टीभित्र विवाद सिर्जना भएपछि प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरेपश्चात् प्रचण्ड–नेपाल समूहले देशभर प्रदर्शन र विरोध सभाहरु गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !