२ जेष्ठ २०८१, बुधबार

सुनको मूल्यमा सामान्य गिरावट



काठमाडौ।स्थानीय बजारमा सुनको मूल्यमा झिनो गिरावट आएको छ । मंगलबारका तुलनामा बुधबार तोलामा ७०० रुपैयाँले घटेको सुन आज भने तोलामा १०० ले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाला सुन तोलामा ९२ हजार रुपैयाँ मूल्य निर्धारण भएको छ । छापावाला सुन बुधबार तोलामा ९२ हजार १०० मा कारोवार भएको थियो । मं

गलबार भने छापावाला सुन तोलामा ९२ हजार ८०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन तोलामा ९१ हजार ५०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी  सुन बुधबार तोलामा ९१ हजार ६०० मा कारोवार भएको थियो । 

त्यस्तै चाँदी तोलामा पाँच रुपैयाँले घटेको छ । तोलामा बुधबार एक हजार २५० मा कारोवार भएको चाँदी आज भने एक हजार २४५ मा कारोबार हुने गरी मूल्य निर्धारण भएको छ ।



प्रतिक्रिया दिनुहोस !