२ जेष्ठ २०८१, बुधबार

प्रचण्ड-माधव समुहको आन्दोलन समीक्षा बैठक सम्पन्न



काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेतृत्वको नेकपाको केन्द्रीय संघर्ष समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो ।

दुवै अध्यक्षको उपस्थितिमा बसेको बैठकले अहिलेसम्मका आन्दोलन कार्यक्रमको समीक्षा र आगामी कार्यक्रम प्रभावकारी बनाउनेबारे छलफल गरेको नेकपाले जनाएको छ ।

प्रचण्ड माधव पक्षले तेस्रो चरणका विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको अध्यक्षतामा बसेका बैठकले अबका कार्यक्रममा जनसहभागिता बढाउने बारेमा पनि छलफल गरेको छ ।

साथै प्रतिनिधि सभा विघटनविरुद्ध आज बुटवलमा विरोध सभा गर्दैछ । नेकपा संघर्ष समिति लुम्बिनी प्रदेश कमिटीको आयोजनामा प्रादेशिक अस्पतालको उत्तरतर्फको खाली जग्गामा सभा गर्न लागिएको हो ।

आज दिउँसो १ बजे सुरु हुने विरोधमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल लगायत नेताहरुले सम्बोधन गर्ने जनाएको छ



प्रतिक्रिया दिनुहोस !