४ जेष्ठ २०८१, शुक्रबार

आज राष्ट्रिय महिला लिगमा दुई खेल हुँदै



१५ माघ, काठमाडौं । आज राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल खेलिदैँ ।

सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा स्याङ्जाको वालिङ नगरपालिका र उदयपुरको चौदण्डीगढी नगरपालिका खेल्ने छन् ।

खेल बिहान साढे ११ बजे हुनेछ । यस्तै आजै हुने दोस्रो खेलमा दिउँसो साढे २ बजे दुई विभागीय टिम एपीएफ र पुलिस क्लब खेल्दै छन् ।

हिजोको खेलमा मोरङको विराटनगर महानगरपालिकाले रौतहटको चन्द्रपुर नगरपालिकालाई ५ शून्य गोल अन्तरले हराएको थियो ।

विराटनगरका लागि कुशुम खड्काले ह्याट्रिक गरेकी थिइन् भने अनु राई र सरिता शेर्पाले एकरएक गोल गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !