२७ बैशाख २०८१, बिहीबार

भोलि इन्फ्रास्ट्रक्चरको आइपीओ बाँडफाँट, ६० कित्ताका लागि ‘लक्की ड्र’ हुने



१५ माघ, काठमाडौं । भोलि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आइपीओ बाँडफाँट गर्ने भएको छ ।

इन्फ्रास्ट्रक्चर बैंकको साधारण सेयर (आईपीओ) ५० कित्तासम्म आवेदन भर्ने सबैले पाउने भएका छन् । कम्पनीले बुधबार गरेको आईपीओको प्रि-अलोटमेन्टमा १४ लाख ७५ हजार ८० जनाको आवेदन योग्य रहेको उल्लेख छ ।

कुल आवेदकमध्ये ६ हजार २ सय ७६ जनाको आवेदन भने रितपूर्वक नभएको भन्दै रद्द भएको छ । १० देखि ५० कित्तासम्म आईपीओ माग गर्नेले माग बमोजिमनै सेयर पाउने जानकारी दिएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको सेयर भने ६० कित्ताभन्दा बढी माग गर्ने आवेदकहरूमा ६० कित्ताका लागि ‘लक्की ड्र’ द्वारा बाँडफाँट गरिनेछ । आइपीओ बाँडफाँट शुक्रबार विहान १० बजे हुनेछ ।

कम्पनीले माघ २ देखि ६ गतेसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री गरेको थियो । कम्पनीले ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्तामध्ये ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरेको हो ।



प्रतिक्रिया दिनुहोस !