१० मंसिर २०८१, सोमबार

सूर्य थापाले प्रधानमन्त्री ओलीले पशुपति र दाहालले भैँसी पूजा गरेको फोटो राख्‍दै भने, फरक यत्ति हाे !



१५माघ, काठमाडौं । आज प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथको पूजा गरेको दाहाल-नेपाल समूहका अध्यक्षपुष्पकमल दाहाल भैँसीको पूजा गरेको फोटो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

केही दिनअघि प्रधानमन्त्री ओलीले पशुपतिमै पुगेर क्षमापूजा गरेका थिए । पुस १२ गते बिहान पशुपतिनाथ मन्दिरमा पुगेर संकल्प पूजा गरेका ओलीको विभिन्‍न कोणबाट चर्चा र विश्लेषण भएको थियो ।

खासगरी प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा सुनुवाइ भइरहेका बेला ओली पशुपतिनाथमा पुगेर पूजा गरेपछि आलोचनासमेत भएको थियो । तर प्रधानमन्त्रीका सल्लाहकार रहेका थापाले भने यो कुराको सर्वत्र प्रशंसा भएको उल्लेख गरेका छ्न ।

पहिलो तस्बिर भन्दै थापाले प्रधानमन्त्री एवं पशुपति विकास कोषका संरक्षक केपी शर्मा ओलीेले माघ १२ गते बिहान ८:३० बजे श्री पशुपतिनाथ मन्दिरको भ्रमण, निर्माणकार्यको निरीक्षण एवं विशेष पूजा र दीप प्रज्वलन गर्नुभयो ।
सुनको जलारी निर्माणको मन्दिरको योजनामा जम्मा रहेको ६५ करोड बजेटमा सरकारका तर्फबाट ३० करोड उपलब्ध गराउने प्रतिबद्धताको घोषणा गर्नुभयो ।
पहिले पित्तल र तामाको जलारी रहेकोमा अब १४१ किलो सुनको जलारी निर्माणको सुनिश्चितता भएको छ ।
दैनिक हजारौं जनता श्रद्धाका साथ पूजाआजामा जाने पशुपतिनाथ मन्दिरमा उहाँको यस कार्यको सर्वत्र प्रशंसा भएको छ फेसबुकमा लेखेका छन्।

तस्बिरसहित स्टाट्स पोस्ट गरेका थापाले प्रधानमन्त्री ओलीको जबर्जस्त प्रशंसा भएको भन्दा दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालको भने चर्को आलोचना गरेका छन् ।

दोस्रो तस्बि भन्दै थापाले यस्तो लेखे पुष्पकमल दाहाल”प्रचण्ड” ले आफ्नाे शक्ति बृद्धिका खातिर सायद सुनसरीमा भैंसी पूजा गर्नुभएको थियाे ! भैंसी पूजा गर्नुलाई पशुपतिनाथ मन्दिरमा पुगेर विश्व शान्ति र मानव कल्याणकाे लागि पूजा गर्नुजस्ताे स्वभाविक मानिंदैन । बुझ्ने आआफ्नै स्तर हुन्छ ।फरकचाहिं यत्ति हाे !

https://www.facebook.com/surya.thapa.754918



प्रतिक्रिया दिनुहोस !