२६ बैशाख २०८१, बुधबार

निर्मला पन्त जस्तो अमृत सिंह नहुन: नेता अधिकारी



१५ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघ त्रिचन्द्रले बझाङको अमृतबहादुर सिंहलाई नेपाल तरुण दलका स्थानीय नेता, नेकपाका कार्यकर्ताहरुले धारिलो हतियार प्रहार गरी हत्या गरेको घटनाप्रति विरोध प्रदशन गरेको छ ।

छविसपाथिभेरा ३ स्थित वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा मङगलबार साँझ २७ वर्षीय अमृतबहादुर सिंहलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर हत्या गरेको रहत्याराहरुलाइ सरकारले संरक्षण गर्न लागेको भन्दै सिंहलाइ न्याय दिलाउन नेपाल विद्यार्थी संघ त्रिचन्द्रले विरोध प्रदशन गरेको हो ।

प्रदशनमा सम्बोधन गर्ने सम्पूर्ण नेताहरुले घटनाको घोर भत्सर्ना गरेका छ्न । राज्य नै अपराधीको संरक्षण गर्न खोजेकोले यो घटना कतै निर्मला पन्तको जस्तो त हुने हैन भन्ने आशन्का हुन थालेको ने बी संघ नेता सुवास अधिकारीले सम्बोधनको क्रम्मा बताएका छन्।

नेपाल विद्यार्थी संघ त्रिचन्द्रको आह्वानमा भएको बिरोध सभामा नेबिसंघका केन्द्रिय स्तरका नेता साथै बझाङ जिल्लाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।



प्रतिक्रिया दिनुहोस !