२७ बैशाख २०८१, बिहीबार

आज २०७७ माघ १५ बिहिवारको राशिफल



आज २०७७ माघ १५ बिहिवारको राशिफल । ज्योतिष शास्त्र अनुसार आज तपाइको फलादेश यस्तो छ ।

मेषराशि

मान प्रतिष्ठामा बृद्धि होला । धर्म,कर्ममा मन पनि लाग्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन ।

मिथुनराशि

आर्थिक कारोवारमा सफलता पाईएला । महिलावर्गबाट विशेष सहयोग मिल्नेछ । नयाँ सामान हात पर्ने र शिक्षामा सफलता मिल्नेछ ।

सिंहराशि

मनमा निरासा र शरीरमा आलस्य आउन सक्छ । आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

तुलाराशि

पुनर्मिलनको योग पनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोग मिल्ला ।

धनुराशि

प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनसक्छ । गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

कुम्भराशि

भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । कला र गलाको प्रभाव बढ्नेछ । सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ ।

बृषराशि

आजसामाजिक, राजनैतिक तथा न्यायिक कार्यमा सफलता मिल्नेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । विद्याको विकास हुनेछ ।

कर्कटराशि

आज नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ । महिला वा मित्रबाट विशेष सहयोगपनि मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

कन्याराशि

शत्रुमाथि विजय प्राप्त हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ ।

बृश्चिकराशि

छोटो दुरीको लाभदायक यात्रा हुनेछ । मित्र वा आफन्तको सहयोग मिल्नेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । तिर्थाटनको योग पनि छ ।

मकरराशि

आज विचार, विद्या र बुद्धिको विकास हुनेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ ।

मीनराशि

बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साँझपख शुभ समाचार आउन सक्छ ।



प्रतिक्रिया दिनुहोस !