२७ बैशाख २०८१, बिहीबार

संसद पुन:स्थापना नभए हरेक २ वर्षमा विघटन हुने जिकिर



काठमाडौं । संसद विघटनविरुद्ध सर्वोच्चमा परेका मुद्दामाथि संवैधानिक इजललामा निरन्तर बहस भइरहेको छ ।

बुधवार (आज) को बहसका क्रममा वरिष्ठ अधिवक्ता डा युवराज संग्रौलाले संसद पुन:स्थापना नभए प्रतिनिधि सभाको म्याद २ वर्षमा सिमित हुने जिकिर गरेका छन् ।

नेपालको संविधान २०७२ मा सरकार गठनको दुई वर्षसम्म प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रश्ताव दर्ता गर्न नपाइने व्यवस्था छ । उक्त व्यवस्थाको कारण दुई वर्षपछि प्रधानमन्त्रीेले संसद विघटन गर्ने नजिर बस्ने तर्क गरेका छन् ।

बहस गर्दै उनले भने, “संसद पुनस्स्थापना भएन भने प्रतिनिधिसभाको कार्यकाल लेख्न ५ वर्ष लेखे पनि २ वर्षको हुन्छ” ।

त्यसैकारण सर्वोच्चले संसद विघटनलाई सदर गर्न नहुनेमा जोड दिएका छन् ।

त्यस्तै नेपालमा आवधिक निर्वाचनलाई मानेपनि मध्यावधि निर्वाचनलाई नमानेको जिकिर गरेका छन् ।

उनले भने, “हामीले आवधिक निर्वाचनलाई मानेका छौं, मध्यावधि निर्वाचनलाई मानेका छैनौं, आवधिक निर्वाचन ५–५ वर्षमा हुन्छ” ।



प्रतिक्रिया दिनुहोस !