२७ बैशाख २०८१, बिहीबार

तरुण दल बझाङका स्थानीय नेताको हत्यामा संलग्नलाई कारवाही गर्न माग



माघ,१४ काठमाडौ।नेपाली काँग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका वडा नं. ३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताहरूले कुटपिट गरी हत्या गरेको बताएको छ। 

छविसपाथिभेरा—३ मा रहेको वान्नीचौर माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन सकेर घर फर्कने क्रममा हिजो मङ्गलवार साँझ सिंहलाई नेकपाबाट निर्वाचित वडा अध्यक्ष विकासकुमार ऐडी, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम छविसपाथिभेराका संयोजक प्रकाश ऐडी, ज्ञानबहादुर कडायत, केदार ऐडीको समूहले कुटपिट गरेर धारिलो हतियार प्रहार गरी हत्या गरेका काँग्रेसले आरोप लगाएको छ। 

घटनाको नेपाली काँग्रेसले निन्दा र भर्त्सना गरेको छ। घटनामा संलग्न आक्रमणकारीहरूको तत्काल खोजी गरी उनीहरूलाई कडा भन्दा कडा कारबाही गर्न नेपाली काँग्रेसले माग गरेको छ। 

काँग्रेसले विज्ञप्ति निकालेर भविष्यमा यस्ता घटना नदोहोर्‍याउन नेपाल कम्युनिस्ट पार्टीलाई चेतावनी दिएको छ। काँग्रेसले नेकपालाई जिम्मेवार राजनीतिक दलको रूपमा प्रस्तुत हुन समेत आग्रह गरेको छ। 



प्रतिक्रिया दिनुहोस !