२८ बैशाख २०८१, शुक्रबार

प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जान पार्टीभित्र कुनै विवाद छैन : कांग्रेस



माघ,१४ काठमाडौ।नेपाली कांग्रेसले प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जान पार्टी भित्र कुनै पनि विवाद नरहेको बताएको छ । प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनमा जाने निर्णय पार्टीको सर्वसम्मत निर्णय भएको कांग्रेस विज्ञप्ती जारी गरेर जनाएको हो ।   

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले विज्ञप्ती जारी गरेर सभापति शेरबहादुर देउवाकै निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनमा जाने प्रस्ताव पेश गरेको बताएका छन् ।  

‘संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ,’ विज्ञप्तीमा भनिएको छ,‘कतिपय सञ्चार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न प्रेस नोट प्रकाशित गरिएको छ ।’  



प्रतिक्रिया दिनुहोस !