३० बैशाख २०८१, आईतवार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



१४ माघ, काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधबारका लागि छापावाल सुनको भाउ प्रतितोला ९२ हजार १०० रुपैयाँ तोकेको हो ।

मंगलबार ९२ हजार ८ सय रुपैयाँमा छापावल सुन कारोबार भएको थियो । आजका लागि तेजावी सुनको भाउ प्रतितोला ९१ हजार ६०० रुपैयाँ तोकिएको छ ।

चाँदीको भाउमा पनि आज सामान्य गिरावट आएको छ । मंगलबार १२ सय ५५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आजको पाँच रुपैयाँले घटेर १२ सय ५० रुपैयाँमा कारोबार खुला गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !