२ जेष्ठ २०८१, बुधबार

नेकपा कै सांसदहरु प्रतिनिधिसभा विघटनविरुद्धको रिट दायर



काठमाडौं । नेकपाका सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत गएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलका प्रमुख सचेतक देव गुरुङसहित सांसदहरु कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री सर्वोच्च गएका हुन् । निवेदनको मस्यौदा गरेका एक अधिवक्ताका अनुसार, त्यसमा नेकपाका करिब ९० जना सांसदहरुको सहमति छ ।

सर्वदलीय छलफलबाट सहमति गएर सामूहिक रुपमा निवेदन लिएर जाने भने पनि कांग्रेसको केन्द्रीय समितिको बैठक बल्ल बसेको र बैठकपछिको निर्णय आउँदा निवेदन दर्ता हुन ढिलाई हुने भएकाले नेकपाका सांसदहरु सर्वोच्च पुगेका हुन् । निवेदन पेस भए पनि दर्ता भने भइसकेको छैन । गत आइतबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै नयाँ निर्वाचन तोकेकी छन् ।



प्रतिक्रिया दिनुहोस !