४ जेष्ठ २०८१, शुक्रबार

कोरोनाको पहिलो खोप लगाएका स्वास्थ्यकर्मीको यस्तो प्रतिक्रिया



काठमाडौ।नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । आज (बुधवार)देखि कोभिड–१९ संक्रमणको रोकथाम तथा उपचारमा पहिलो घेरामा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीहरुका लागि खोप लगाउन शुरु गरिएको हो ।

No description available.

काठमाडौंको टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालबाट शुरु भएको खोप लगाउने अभियान देशैभर सञ्चालन भएको छ । १० दिन सम्म सञ्चालन हुने यो अभियानमा करिब ४ लाख ५० हजार जनाले खोप लगाउन पाउनेछन् ।

No description available.

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीहरुले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् ।

पहिलो खोप लगाएका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका निर्देशक डा. सागरराज राजभण्डारी, डा. अनुप बास्तोला र जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले खोप लगाएपछि आफूहरुलाई केहीपनि असर नदेखिएको भन्दै सुरक्षित भएर खोप लगाउन आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !