१२ कक्षाको नतिजा आउन अझै समय लाग्ने , यसो भन्छ परिक्षा बोर्ड
माघ,१४ काठमाडौ।विद्यार्थी नतिजा पर्खिरहेका छन् । तर राष्ट्रिय परीक्षा बोर्डले भने कक्षा १२ को नतिजा अझै सार्वजनिक गरेको छैन । नयाँ शैक्षिक सत्रका लागि क्याम्पसले भर्ना आह्वान गरिसक्दा पनि नतिजा नआउँदा विद्यार्थी अलमलमा परेका छन् ।
यस बर्ष कोेभिड १९ ले गर्दा समयमै परीक्षा हुन पाएन् । महिनौ ढिलो गरी सम्पन्न भएको परीक्षा पनि व्यववस्थित हुन पाएन् । विद्यार्थीले पायक परेको ठाउँ वा कलेजबाट परीक्षा त दिए । तर विद्यालयले त्यसलाई व्यवस्थित गरेर राष्ट्रिय परीक्षा बोर्डलाई बुझाउँदा ‘गन्जागोल’ गरे ।
यसैको सास्ती बोर्डका कर्मचारीले व्यहोरिरहेका छन् । कर्मचारीले नतिजा प्रकाशनका लागि रात दिन काम गरिरहदा पनि बोर्ड पदाधिकारीले भने नतिजा सार्वजनिक गर्ने निर्णय गर्न सकेका छैनन् ।
‘विद्यालयले नतिजा पठाउँदा थुप्रै त्रुटि गरे । त्यही कारण हामीले नतिजा सार्वजनिक गर्ने निर्णय गर्न सकेका छैनौँ’ राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले इकागजसँग भने, ‘चाँडै भनेपनि अझै एक हप्ता जति लाग्छ होला ।’