तीन महिनाभित्र सबै नेपालीलाई निःशुल्क कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली
१४ माघ, काठमाडौं । तीन महिनाभित्र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका छन् ।
कोरोना भाइरसविरूद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले अबको तीन महिनामा सबै नेपालीलाई कोरोना भाइरसविरूद्धको खोप लगाइने बताएका हुन् । प्रधानमन्त्री उनले भने,’हामी प्राथमिकताका आधारमा निशुल्क उपलब्ध गराउनेछौँ, नागरिकको जीवन रक्षा हाम्रो प्राथमिकता हो यसका लागि आवश्यक बजेट प्रबन्ध भएको छ ।’
भारतले आफ्नो मुलुकमा खोप सुरूवात गरेको एक हप्तामै नेपाललाई दिएकोमा उनले धन्यवाद व्यक्त गरेका छन् । उनले कोरोना महामारीमा खटिएका सबैको प्रशंसासमेत गरेका छन् ।
आज लगाइएको खोपको दोस्रो डोज २८ दिनपछि लगाइने भएकाले सो क्रममा लापरबाही नगर्न पनि उनले आग्रह गरेका छन् ।