विराट मेडिकल कलेजका प्रशासकीय अधिकृत सुधिरसिंह राठोर पक्राउ
१४ माघ, विराटनगर । विराट मेडिकल कलेज प्रमुख प्रशासकीय अधिकृत सुधिरसिंह राठोरलाई फर्जी कर्मचारी देखाएर ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
फर्जी कर्मचारी देखाएर आर्थिक अपचलन गरेको आरोपमा कम्प्युटर शाखाका कर्मचारी राजनारायण चौधरीसहित प्रमुख प्रशासकीय अधिृकत सुधिरसिंह राठोर पक्राउ परेका हुन् ।दुईजनालाई मंगलबार पक्राउ गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राठोर चार वर्षयता कलेजमा कार्यरत थिए । अस्पतालमा जागिरका लागि आवेदन दिएका पाँच कर्मचारी अस्पतालले काममा राखेको थिएन् । तर अस्पतालमा बुझाएको कागजात देखाएर बैंक खाता खोलेको र मासिकरुपमा खातामा पैसा जम्मा गर्ने गरेको उजुरी परेपछि पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
पाँचजना कर्मचारी मेडिकल कलेजमा काम गरेको विवरणमा देखिए पनि फिल्ड र स्टाफ लिस्टमा नदेखिएपछि प्रहरीमा जाहेरी परेको थियो । नक्कली कर्मचारी नियुक्त गरेको कर्मचारीको नाममा माछापुच्छे्र बैंकमा खाता खुलेको प्रहरीले जनाएको छ ।