४ जेष्ठ २०८१, शुक्रबार

कोरोनाविरुद्धको खोप नेपालमा पहिलोपटक टेकु अस्पतालका निर्देशक डा.राजभण्डारीले लगाए



१४ माघ, काठमाडौं । नेपालमा आज पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएकोे छ । नेपालमा पहिलो पटक कोरोनाविरुद्धको खोप टेकु अस्पतालका निर्देशक डा. सागरराज भण्डारी, डा. अनुप बास्तोला, जनस्वास्थ्य प्रयोगशालाकी प्रमुख डा. रुणा झाले लगाएका छन् ।

कोरोना खोप लगाएकाले खोप सुरक्षित रहेको भन्दै खोप लगाएकाहरुले सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन् । उनीहरुले खोप लगाउँदा आफूहरुलाई केही नभएको भन्दै यो खोप सुरक्षित रहेको बताएका छन् ।

भारतमा ७० प्रतिशत प्रभावकारी मानिएको कोभिशिल्ड खोप नेपालमा लगाइएको हो । खोपका केही साइड इफेक्ट पनि हुन सक्ने समाचारहरु सार्वजनिक भइरहेका बेला चिकित्सकहरुले खोप सुरक्षित भएको बताएका हुन् ।

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई पहिलो चरणमा खोप लगाउन सुरु गरिएको छ । टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले समेत कोरोनाविरुद्धको खोप लगाएका छन् ।



प्रतिक्रिया दिनुहोस !