१० मंसिर २०८१, सोमबार

एक वर्षमा विभिन्न विपद्कारण देशभर साढे ४ हजारको मृत्यु



१३ माघ, काठमाडौं । देशभर एक वर्षको अवधिमा विभिन्न घटनाबाट ४ हजार ५०४ मानिसको मृत्यु भएको छ । विपदमा परेर १०२ बेपत्ता भएको र पाँच हजार २६० जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सडक दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । भने, कोरोना भाइरसका कारण एक हजार ८५६ को मृत्यु भएको छ ।

पहिरोबाट ३०३ ले ज्यान गुमाएका छन् भने ६४ बेपत्ता छन् । बाढीबाट ४२ को मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनाका कारण ५४ जनाले ज्यान गुमाएको प्राधिकरणले मंगलबार सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोरोना भाइरसबाट मात्रै ८८ प्रतिशत छ । कोरोना सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ ।

यस वर्ष वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ताले जानकारी दिएका छन्।



प्रतिक्रिया दिनुहोस !