१ जेष्ठ २०८१, मंगलवार

सूर्या लाइफ इन्स्योरेन्सद्वारा रकम लाभांश बैंक खातामा जम्मा



१४ माघ, काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई रकम लाभांश बैंक खातामा जम्मा गरिदिएको छ ।

कम्पनीले माघ ६ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको ८ प्रतिशत नगद लाभांश पुस १६ गतेसम्म बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुको बैंक खातामा जम्मा गरिदिएको हो ।

्हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंकको खाता नम्बर अपडेट नगराएका शेयरधनीहरुको हकमा आफूले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गर्न अनुरोध गरेको छ ।

गत पुस १६ गतेसम्म कायम शेयरधनीहरुले आफ्नो शेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका शेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैक खातामा नगद लाभांश जम्मा गरिने कम्पनीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !