४ जेष्ठ २०८१, शुक्रबार

म्यानचेस्टर सिटीको फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा



एजेन्सी । मंगलबार राति भएको इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा वेस्ट ब्रुमलाई ५-० गोल अन्तरले पराजित गर्दै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।

वेस्ट ब्रुमको मैदानमा सिटीलाई जित दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे । यस्तै जोआ कान्सेलो, रियाद महरेज र रहिम स्ट्रर्लिङले एक एक गोल थपे ।

जितसंगै सिटीले १९ खेलमा ४१ अंक जोडेको छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाईटेड भन्दा १ अंकले अघि छ । वेस्ट ब्रुम ११ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !