७ मंसिर २०८१, शुक्रबार

यस्तो छ मधुमेह लाग्नुको कारण



१४ माघ, काठमाडौं । धेरे जसो मानिसलाई अहिले चिनी रोग अर्थात मधुमेहले सताइरहेको हुन्छ । यो रोग सामान्य जस्तै बनसकेको छ । मधुमेह वयस्कदेखि युवा उमेरसम्मका मानिसमा देखा पर्ने गरेको छ । मधुमेह मूख्यतः मेटाबोलिज्मको बिकारको कारणले हुने गर्दछ ।

मोटाबोलिज्म एक यस्तो प्रकिया हो, जसले शरीरमा खानेकुरालाई उर्जामा परिवर्तन गर्दछ । सोहि उर्जा हाम्रो शरीर सञ्चालन र दैनिक कार्यमा उपयोग हुन्छ । यसले शारीरिक बृद्धि, प्रतिरोधात्मक क्षमता र प्रजननका लागि विशेष सहयोग गर्दछ ।

हामीले खाएको खानेकुरा पेटमा पुगेपछि इन्धनमा रुपान्तरण हुन्छ, जसलाई ग्लुकोज भनिन्छ । यो रक्त कोशिकाको माध्यामबाट शरीरको लाखौं कोशिकामा पुग्दछ र उर्जाको रुपमा प्रयोग हुन्छ ।

हाम्रो शरीरमा पेटको पछिल्तिर एक ग्रन्थी हुन्छ, जसले इन्सुलिन उत्पादन गर्छ । त्यसैले ग्लोकोजलाई शरीरको कोशिकामा पुर्‍याउँछ । यदि उक्त ग्रन्थीले इन्सुलिन उत्पादन गर्न छाड्यो वा कम उत्पादन गर्न थाल्यो भने, त्यही अवस्थामा मधुमेह भएको भनिन्छ ।

यसरी ग्लुकोज उत्पादन भएपनि त्यो उर्जामा परिवर्तन हुँदैन । मधुमेह हुनुमा आफ्नो जीवनशैली, खानपानलगातका कारणले हुने गर्दछ । यस्तोमा दैनिक जीवनमा गरिने कतिपय गल्तीले मधुमेह हुने गर्दछ ।

मधुमेह हुनुको कारण यस्तो छ

खाजा नखानु


कतिपय मानिसहरु बिहान वा दिउँसो खाजा खादैनन् । यसरी अबेरसम्म भोको बस्दा शरीरमा इन्सुलिनको स्तर नियन्त्रण हुँदैन र ब्लड सुगरको स्तर नियन्त्रण हुन ग्राहो हुन्छ ।

अबेर खाना खानु


बेलुकी अबेरसम्म खाना नखाने र खाना खाए लगत्तै सुत्नाले तौल बढ्छ । यस्तोमा पनि ब्लड सुगरको सन्तुलन बिग्रन्छ र मधुमेहको खतरा बढ्दछ ।

अस्वस्थ्यकर खाना


आफ्नो दैनिक खानामा सन्तुलित र स्वस्थ्य खाना नखाएमा पौष्टिकताको अभावमा पनि मधुमेह हुन्छ । तसर्थ नियमित रुपमा गेडागुडी, ड्राइ फुट्स, हरियो सब्जी खानु पर्दछ ।

चिनीजन्य खाद्य


चिनीजन्य खाद्य पदार्थ र पेयमा चिनीको मात्रा बढि हुन्छ । जसले शरीरमा क्यालोरी बढाउँछ । यसबाट तौल बढ्दछ र मधुमेहको खतरा हुन्छ ।

स्न्याक्सको सेवन


कतिपय मानिसहरु दैनिक रुपमा अत्यधिक मात्रामा स्न्याक्स खाने गर्दछन् । यस्तोमा धेरै क्यालोरीयुक्त स्न्याक्सको सेवनले शरीरमा बोसो बढाउँछ र मधुमेह निम्त्याउँछ ।

अत्यधिक आराम


प्रायः शहरी क्षेत्रमा र कार्यालयको काम गर्नेहरु खाना खाइसके लगत्तै घण्टौ आराम गर्दछन् । तर श्रमबिना लामो समय आराम गर्दा शरीरमा बोसोको बढ्छ र मधुमेहको खतरा हुन्छ ।

तनाव


तनावले गर्दा पनि शरीरमा चिनीको मात्रा बृद्धि हुन्छ ।

वंशाणुगत


मधुमेह वंशाणुगत पनि हुन्छ र मधुमेहयुक्त परिवारका सदस्यहरु
भएका मानिसहरुमा मधुमेह हुने सम्भावना वढी हुन्छ ।

मधुमेहको लक्षणहरु यसप्रकार छन्

  • धेरै मुख सुक्ने
  • आलश्य हुने
  • थकावट हुने
  • मानिस दुव्लाउदै जाने
  • चिडचिडाहटपन हुने
  • यौन दुर्वलता हुने
  • खुट्टामा घाउ हुने
  • दृष्टिमा समस्या पैदा हुने
  • कमजोर हुँदै जान्छ ।

मधुमेहले के कस्तो असर गर्छ ?


मधुमेहको असरले माईक्रो भास्कुलर र म्याक्रो भास्कुलर डिजिज भन्छौँ दुई खालको समस्या ल्याई दिन्छ । त्यो भनेको नसालाई आँखालाई , मिर्गौलालाई, मुटु, ब्रेनलाई लगायतका सबै अंगलाई असर गर्छ । अर्थात डायविटिज आफैमा एउटा ‘रिस्क फ्याक्टर’ हो ।

त्यसमाथि धुम्रपान मध्यपानले त झनै बढाई दिन्छ । न्युरोप्याथी अर्थात नसाको रोग भनिन्छ । यो अवस्थामा कतिपय मानिसलाई पोलेको छोएको थाह हुँदेन । पोल्ने कमिला हिडने जस्तो लक्षण देखापर्छ । अर्थात मधुमेहको उपचार र नियन्त्रण गर्न सकेनौ भने यसले मिर्गौला फेल हुने, आँखाको ज्योति गुम्ने, हृदयघात हुने, मस्तिस्कघात हुने सम्भावना बढ्छ ।

यस्ता खानपिनमा ध्यान दिनुहोस्

  • खानपानबाट प्राप्त हुने पौष्टिक तत्वहरू– कार्बाेहाइड्रेट, प्रोटिन र चिल्लो शक्तिको स्रोत भएको हुनाले यस प्रकारको र परिमाणमा ध्यान दिन जरुरी हुन्छ ।

(क) कार्बाेहाइड्रेट– जटिल प्रकारको कार्बाेहाइड्रेटयुक्त खाद्य पदार्थ, पूरै अन्न र यसबाट बनेको परिकार, साग, तरकारी (माडयुक्त तरकारीबाहेक) ताजा फलफूल, दाल गेडागुडी ठीक परिमाणमा दैनिक खानामा समेट्नु पर्छ ।

(ख) प्रोटिन— पूर्ण प्रोटिनयुक्त, जस्तै बोसो तथा छालारहित मासु, माछा, अण्डा, चिल्लोरहित दूध तथा दाल, गेडागुडी आदि ठीक मात्रामा प्रयोग गर्नुपर्छ  ।

(ग) उमेर र शारीरिक क्रियाकलाप तोकिएको क्यालोरीको परिमाणअनुसार प्राप्त हुने किसिमले खानपानको व्यवस्था गर्नु पर्छ ।

  • तपाईंले दैनिक खाने खानामा प्राप्त हुने सबै प्रकारका पौष्टिक तत्वहरू, कार्बाेहाइड्रेट, प्रोटिन, चिल्लो पदार्थ, भिटामिन र खनिज पदार्थ ठीक परिमाणमा प्राप्त हुने गरी सन्तुलित भोजनको व्यवस्था गर्नुपर्छ ।
  • हरेक पटकको छाक नछोडी नियमित रुपमा ठीक समयमा खान खानु पर्छ, भोकै बस्नु हुदैन ।
  • मधुमेह भएका व्यक्तिले नियमति तथा पटक पटक गरी खानुपर्छ । तर हरेक पटकको खानाको प्रकारबाहेक परिमाणमा विशेष ध्यान दिनुपर्छ । अन्यथा बढी खानाले स्वस्थ्यमा प्रतिकूल असर पर्ने चिकित्सक प्रधानको भनाइ रहेको छ ।
  • गुलियो खाद्यपदार्थ, केक, पेस्ट्री, जाम, जेली, चकलेट, जुस आदि कार्बाेहाइड्रेट खानेकुरा नखाँदा नै राम्रो हुन्छ । यस प्रकारको खानाले शरीरमा चिनीको मात्रा बढाउँछ ।
  • दैनिक खानामा हरियो सागसब्जी तथा मौस अनुसारको फलफूल सिफारिस गरिए अनुसारको समावेश गर्नुपर्छ ।
  • खानामा रेशायुक्त खाद्य पदार्थ समावेश गर्दा सफा, शुद्ध पानी पनि प्रशस्त पिउनु पर्ने हुन्छ ।
  • बफ्याउने, उसिन्ने, कम तेल प्रयोग गरी पकाएको खाना खाँदा राम्रो हुन्छ ।
  • रेस्टुरेन्ट, होटलमा खाँदा विशेषतः कम चिल्लो भएको खाद्य परिकारको छनोटको साथै परिमाणमा पनि ध्यान दिनुपर्छ ।
  • औषधि तथा इन्सुलिन लिइरहेको अवस्थामा चिकित्सबाट प्राप्त सिफरिस अनुसार खानाको तालिका मिलाउँदा राम्रो हुन्छ ।
  • नुनको प्रयोगमा पनि ध्यान दिनुपर्ने हुन्छ ।
  • धूमपान नगर्ने र मद्यपानमा पनि सतर्कता अपनाउनु पर्छ ।
  • सम्बन्धित विशेषज्ञ तथा चिकित्सकको सल्लाहअनुसार उपचार व्यवस्थापन विधि उपनाउनु पर्छ ।



प्रतिक्रिया दिनुहोस !