२ जेष्ठ २०८१, बुधबार

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ शुक्रबारभित्र बाँडफाँट गर्ने तयारी, कति कित्ता पर्ला त ?



१३ माघ, काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ यस साताभित्र बाँडफाँट गर्ने प्रारम्भिक तयारी गरिएको छ ।

बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार सकेसम्म बुधबार प्री–अलोटमेन्ट गर्ने योजना बनाइएको छ । बुधबार डाटा भेरिफिकेसनको काम अझै धेरै बाँकी रहेको हुनाले बाँडफाँटका सम्बन्धमा अन्तिम निर्णय भने भइनसकेको बिक्री प्रबन्धकले जनाएको छ ।

तर, बुधबार प्री–अलोटमेन्ट भएमा भने शुक्रबारसम्म आइपीओ बाँडफाँट हुनेछ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा हालसम्मकै उच्च १५ लाख ५० हजार ९१ जनाले आवेदन दिएका छन् । जसमा १८ करोड २७ लाख ९९ हजार ९५० कित्ताका लागि आवेदन परेको छ । कुल १८ अर्ब २७ करोड ९९ लाख ९५ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।

भेरिफाइ गर्दा आवेदक संख्या र कित्ता संख्या घट्ने हुनाले सबै आवेदकले ५० कित्ताको हाराहारीमा आइपीओ हात पार्ने सम्भावना रहेको छ । बैंकले माघ २ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि ७ करोड ५८ लाख ४० हजार कित्ता आइपीओ खुला गरेको हो ।

कम्पनीले कुल ८ करोड कित्ता सेयरमध्ये ०.२०% अर्थात १ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र ५% ले हुने ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी सेयर सर्वसाधारणमा जारी गरेको हो ।



प्रतिक्रिया दिनुहोस !