२८ बैशाख २०८१, शुक्रबार

केन्द्रीय समायोजन समितिबाट महेश आचार्यले दिए राजीनामा



१३ माघ, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समायोजन समिति सदस्यबाट केन्द्रीय सदस्य महेश आचार्यले राजीनामा दिएका छन् । आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले आचार्यले मंगलबार सभापति शेरबहादुर देउवालाई राजिनामा दिएको तर सो बारे कुनै निणर्य भने नभएको बताए ।

कांग्रेसले ७७ जिल्लामध्ये हालसम्म ७४ जिल्लामा समायोजनका काम सकेको बताउँदै आइरहेको छ । सिन्धुपाल्चोक, बारा र सप्तरीमा भने समायोजनमा समस्या देखिदैं आएको छ ।

केन्द्रीय समिति बैठकमा बोल्दै उनले आफूलाई समायोजन समितिमा राखेको र करिब–करिब तोकिएका काम पूरा भएको जानकारी गराएका थिए ।

कांग्रेसले विजयकुमार गच्छदारलगायत अन्य पार्टीबाट आएकाहरूलाई पार्टीमा समायोजन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा समिति बनाएको थियो।



प्रतिक्रिया दिनुहोस !