४ जेष्ठ २०८१, शुक्रबार

ओली पक्षको बैठक सकियो, महाधिवेशन २०७८ मंसिरमा गर्ने निर्णय



ओकाठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली पक्षले पार्टीको महाधिवेशन २०७८ मंसिर २ गतेदेखि ७ गतेसम्म गर्ने निर्णय गरेको छ ।

आज बसेको केन्द्रीय कमिटी बैठकले ओलीको प्रस्ताव अनुमोदन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य माधव ढुंगेलले जानकारी दिए । यसअघि नेकपाको महाधिवेशन यही वर्षको चैतमा गर्ने निर्णय गरेको थियो ।

बैठकलमा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदिप ज्ञवालीलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय भएको छ । बैठकले दुई दिनभित्रै सातै प्रदेशमा कार्यकर्ता भेला गर्ने निर्णय पनि गरेको छ ।

भेलाको तयारीका लागि सुदूरपश्चिम प्रदेशमा लेखराज भट्ट, प्रदिप ज्ञवाली र कर्ण थापालाई खटाइएको छ । त्यसैगरी कर्णाालीमा शंकर पोखरेल, यमलाल कँडेललगायतका नेतालाई जिम्मेवारी दिइएको छ लुम्बिनी प्रदेशमामा खिमलाल भट्टराईले भेलाको संयोजन गर्ने छन् ।

गण्डकीमा वक्ताका रुपमा टोपवहादुर रायमाझीलाई तोकिएको छ भने बागमती प्रदशको संयोजन आनन्द पोखरेलले गर्ने निर्णय भएको छ । प्रदेश २ को संयोजन भने सुमन प्याकुरेलले गर्ने जनाइएको छ । आजकै बैठकले ५ सय ५६ जना नयाँ केन्द्रीय सदस्य थपेर ११ सय ९९ सदस्यीय केन्द्रीय महाधिवेशन आयोजक कमिटी गठन गर्ने निर्णय गरिसकेको छ । ओली पक्षीय केन्द्रीय समितिको बैठक यहीं पुष ९ गते पुनः बस्नेछ ।



प्रतिक्रिया दिनुहोस !