आयोगले भन्याे : ओली र दाहाल नै नेकपाका अध्यक्ष (पत्रसहित)
माघ,१३ काठमाडौ।निर्वाचन आयोगले नेकपाका अध्यक्षमा द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल नै रहेको पत्र पठाएको छ । आज मंगलबार ओली र दाहाललाई पत्र लेखेर अधिवेशनसम्म दुबै अध्यक्ष रहने र कुनै पनि अध्यक्षले विधानविपरित काम गर्न नपाइने उल्लेख गरेको हो । आयोगले ओली र दाहाललाई ११ पृष्ठको पत्र छुट्टाछुट्टै रुपमा पठाएको हो ।
आयोगले नेकपाको ओली समूह र दाहाल नेपाल समूहले पार्टीको विधान संसोधन गरी पदाधिकारी थप गरेर पठाएको कागजपत्र कानुनसम्मत नभएकोले हेरफेर नहुने पनि बताएको छ ।