१० मंसिर २०८१, सोमबार

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा २ वटा अपहेलना मुद्दा दर्ता



माघ,१३ काठमाडौं । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध दुई वटा अपहेलना मुद्दा दर्ता भएको छ। वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले आइतबार र अर्का अधिवक्ता कञ्चनकुमार न्यौपानेले सोमबार पेस गरेको निवेदन मंगलबार दर्ता भएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै वरिष्ठ अधिवक्ता आचार्य माघ ११ गते निवेदन लिएर सर्वोच्च पुगेका थिए ।



प्रतिक्रिया दिनुहोस !