२८ बैशाख २०८१, शुक्रबार

पत्रकार महासङ्घका ६ पूर्वाध्यक्ष पुरस्कृत



दमौली । नेपाल पत्रकार महासङ्घ तनहुँका ६ पूर्वाध्यक्ष पुरस्कृत भएका छन् । शाखाको आज आयोजित बाह्रौँ साधारणसभाका अवसरमा महासङ्घमा स्थापित ‘सुरज गुरुङ स्मृति पत्रकारिता पुरस्कार’, ‘टीकानिधि ढुङ्गाना पत्रकारिता पुरस्कार’ र ‘भर्लेली केवलबहादुर स्मृति पत्रकारिता पुरस्कार’ पूर्वाध्यक्षलाई प्रदान गरिएको छ ।

सुरज गुरुङ पुरस्कार–२०७४ मुक्तिनाथ खनाल, २०७५ प्रकाशचन्द्र भट्टराई र २०७६ डम्बरबहादुर अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि जनही रु पाँच हजार छ । टीकानिधि पुरस्कार–२०७५बाट विश्वबन्धु भण्डारी र २०७६बाट प्रदीप काफ्ले पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि जनही रु दश हजार छ । यसैगरी भर्लेली पुरस्कारबाट प्रेमप्रसाद पौडेल पुरस्कृत भएका छन् । उक्त पुरस्कारको राशि रु दश हजार छ ।

तनहुँ जिल्लाको पत्रकारितामा उल्लेखनीय योगदान पु-याएबापत उनीहरुलाई पुरस्कृत गरिएको शाखाका अध्यक्ष ॐकार आचार्यले जानकारी दिए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले उनीहरुलाई नगदसहित सम्मानपत्रले पुरस्कृत गर्दै पत्रकारिता क्षेत्रको प्रबद्र्धनका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताए । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले पत्रकार शहरमुखी मात्रै हुन नहुनेमा जोड दिए ।



प्रतिक्रिया दिनुहोस !