१० मंसिर २०८१, सोमबार

प्रतिनिधिसभा अकालमा मारियो: नेता बिष्ट



माघ,१३ काठमाडौ।पूर्व श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले केपी ओली नेतृत्वको सरकारले संविधानमा नभएको अधिकार हातमा लिएर प्रतिनिधि सभा अकालमा मार्ने काम गरेको बताएका छन्।

उनले सरकारले नागरिकलाई समृद्धिको सपना देखाएर प्रतिनिधि सभा विघटन गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

संविधानमा भएको अभ्यास प्रयोग गरेर जनभावना अनुसारको काम गर्नुको सट्टा देशलाई अनिर्णयको बन्दी बनाउने काम गरिएको बिष्टको भनाइ छ ।

इस्मा गाउँपालिका ३ र ४ को स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै आफुले हिजो सिटामोल खान ५ घन्टा हिडेर तम्घास पुगेको बिगत स्मरण गरे ।

उनले देशभरका १ सय स्वास्थ्यचौकीको कोटा हुँदा एउटा क्षेत्रका प्रत्येक वडामा स्वास्थचौकीका भवनका योजना समाबेश गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

दर्लामचौर स्वास्थचौकी काठमाडौ-सिद्धबाबा जेभीले २ करोड ३४ लाखमा निर्माण गरेको स्वास्थ्यचौकी इन्चार्ज गोकर्ण थापाले जानकारी दिए ।

त्यस्तै दोहली स्वास्थ्य चौकी श्रेष्ठ कन्ट्रक्सनले १ करोड ३१ लाखमा निर्माण सम्पन्न गरेको श्रेष्ठ कन्ट्रक्सनका प्रोपाइटर हरिकुमार श्रेष्ठले जानकारी दिए ।

कोरोना संक्रमणको कारण थुप्रै समस्या आएपनी म्याद थप नगरिकनै भवन निर्माण गरेको श्रेष्ठले बताए । समयमै काम सम्पन्न गर्ने श्रेष्ठलाई स्वास्थ्य चौकीको तर्फबाट सम्मान गरिएको थियो ।

भवन निर्माणको अभावमा दुवै वडाका स्वास्थ्यचौकी जिर्ण सरचनामा संचालन भएका थिए । इस्मा गाउँपालिका ५ वडामा सुबिधा सम्पन्न पुर्वाधारसहितको स्वास्थ्य चौकी निर्माण भएको इस्मा गाउँपलिका प्रमुख लक्ष्मण बिष्टले जानकारी दिए । वडा न २ को स्वास्थ्य चौकी भवन छैन । अहिले वडा कार्यालयबाट स्वास्थ्य चौकी सञ्चालन भएको छ ।



प्रतिक्रिया दिनुहोस !