२७ बैशाख २०८१, बिहीबार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै



काठमाडौँ, नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्दै छ । दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने प्रतिनिधि सभा विघटन विरुद्धको आन्दोलन र १४ औं महाधिवेशनको तयारीका सम्बन्धमा छलफल हुने बताइएको छ।  

कांग्रेसमा प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलन गर्ने कि अदालतको निर्णय पर्खिने भन्ने दुइमत देखिएको छ। वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कृष्णप्रसाद सिटौला लगायतका नेताहरु आन्दोलनको पक्षमा छन् ।

सभापति देउवाले संसद विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधिन भएकाले अहिल्यै आन्दोलनमा जानु उपयुक्त नहुने अभिव्यक्ति दिँदै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !