स्वस्थ रहन कुन उमेरमा कति घण्टा सुत्ने ?
१३ माघ, काठमाडौं । स्वस्थ रहनको लागि हरेक कुरामा ध्यान दिन आवश्यक्त छ । निन्द्र , सरसफाइ, खान पान लगाएतका धेरै विषयमा ध्यान दिनु पर्ने हुन्छ । स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि अति आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।
रातको समयमा राम्रोसंग सुतेपछि स्मरणशक्ति र सिक्ने शक्तिमा बढाउँ छ भन्ने, तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका छन्। राम्रो संग निन्द्र नपुग्दा अल्जाइमर्स, क्यान्सर, मुटु र धमनीसम्बन्धी रोगहरू, मोटोपन, डिप्रेशन, चिन्ता र आत्महत्याको भावना समेत निमत्याउँछ ।
अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको अनुसन्धानअनुसार, उमेरको हिसाबमा हामी सबैले फरक फरक अवधिको निद्रा पूरा गर्नुपर्छ । पूरा निद्रा लिँदा मात्र अनेकौं रोगबाट बच्न सकिन्छ ।
स्वस्थ रहन यस्तो छ समय तालिका
- जन्मिदेखि तीन महिनाको बच्चाले १४ देखि १७ घन्टा सुत्नुपर्छ ।
- चारदेखि ११ महिनाको बच्चाले १२ देखि १५ घन्टा सुत्नुपर्छ ।
- एकदेखि दुई वर्षको बच्चाले ११ देखि १४ घन्टा सुत्नुपर्छ ।
- तीनदेखि पाँच वर्षको बच्चाले १० देखि १३ घन्टा सुत्नुपर्छ ।
- ६ देखि १३ वर्षको बच्चाले नौदेखि ११ घन्टा सुत्नुपर्छ ।
- चौधदेखि १७ वर्षको किशोरले आठदेखि १० घन्टा सुत्नुपर्छ ।
- अठारदेखि ६४ वर्षको मानिसले आठदेखि नौ घन्टा सुत्नुपर्छ ।
- पैंसट्ठी वर्षभन्दा माथिको मानिसले सात घन्टा सुत्नुपर्छ ।
स्वस्थ रहन दैनिक पर्याप्त समय सुत्न जरुरी हुन्छ । पर्याप्त सुत्नु शारीरिक र मानसिक स्वास्थ्यका लागि मात्रै होइन, रचनात्मकता र सृर्जनशीलताका लागि पनि महत्त्वपूर्ण छ। पर्याप्त समय भन्दा कम सुत्ने मानिसहरूको शरीर र मस्तिष्कमा असर हुन थाल्छ र रोगको प्रतिरोध गर्ने क्षमतामा असर गर्छ।