१० मंसिर २०८१, सोमबार

नेविसंघद्वारा आयल निगमलाई पेट्रोलियम पदार्थ लाग्ने कर सार्वजनिक गर्न माग



१२ माघ, काठमाडौं । नेपाल विद्यार्थी संघ (वी.पी) र नेपाल आयल निगमका पदाधिकारीबीच नेपाल आयल निगमले पटकपटक मूल्य वृद्धि गरिरहेको विषयमा सोमबार छलफल गरेको छ ।

छलफलमा नेविसंघले नेपाल आयल निगमले पटकपटक मूल्य वृद्धि गएपछि जनताको ढाड सेक्ने काम मात्र गरेको तथा सरकार के के शीर्षकमा कति कति कर लगाउदै आएको सार्वजनिक गर्न माग गरेको थियो ।

पत्रकार सम्मेलन मार्फत आम जनतालाई जानकारी दिन माग गर्दै बुझाएको ज्ञापनपत्रमा आज नेपाल आयल निगमका कार्यकारिणी निर्देश सुरेन्द्र कुमार पौडेलले छलफलमा बोलाएको हो ।

छलफलमा पार्टीको तर्फबाट प्रतिनिधि केन्द्रिय सदस्य श्याम बहादुर गुरुङको उपस्थितमा नेविसंघ (वी पी) महामन्त्री विकास पाण्डे, नेताहरु सर्वजित सेरचन र सुशीलराज वाग्ले बिच छलफल भएको छ ।

छलफलमा निगमले केहि दिन भित्र नै पत्रकार सम्मेलन गरि माग सम्बोधन गर्ने कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले प्रतिबद्धता जनाएको नेविसंघ वीपीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !