२७ बैशाख २०८१, बिहीबार

वालुवाटारमा भएको प्रदर्शनमा पहाडीसहित २६ अधिकारकर्मी पक्राउ



माघ,१२ काठमाडाैँ।मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । केपी ओली नेतृत्वको सरकारले अदालतलाई नै प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै शान्ति समाजले प्रदर्शन गरेको हो। प्रदर्शनका क्रममा प्रहरीले समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको समाजले जनाएको छ।

पक्राउ पर्नेमा मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनी, संस्थापक सदस्य कृष्ण कँडेल, सचिव बलबहादुर गाहा मगर, कोषाध्यक्ष रामकृष्ण बराल, केन्द्रीय सदस्य नम्रता खरेल, ललितपुर शाखा सभापति चन्द्रमणी बञ्जारा, काठमाण्डौ शाखा सभापति जगन्नाथ पुडासैनी अधिकारकर्मीहरु रामचन्द्र खतिवडा, सुरज बोहरा, ईश्वर पुडासैनी, रमेश बराल, पुरुषोत्तम घिमिरे, उमा गौतम, माँया भट्टराई, लक्ष्मी राना, सानु लामा, आर एस महतो, डिकम्बर राणा, भगवान पुडासैनी, किरण ढकाल, रोज विष्ट, किङकङ राई, संजोग राई, मोहीणीप्रसाद आचार्य लगायत रहेका छन्।

प्रदर्शनमा सहभागीहरुले प्रधानमन्त्री ओली आपत्तिजनक अभिव्यक्ति दिन बन्द गर, ओली सरकार: कीर्तेतन्त्र बन्द गर, अदालतलाई प्रभाव पार्न गरिएको दुष्प्रयास बन्द गर, राज्य संयन्त्रको दुरुपयोग बन्द गर लगायतका नारा सहितकाे प्ले कार्ड प्रदर्शन गरेका थिए।



प्रतिक्रिया दिनुहोस !