२७ बैशाख २०८१, बिहीबार

फुटसल कमिटिको लोगो डिजाइन गर्नेले ३० हजार पाउने



काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले फुटसल कमिटि र फुटसल लिगको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक सूचना प्रकाशन गरेको छ ।

एन्फाले सोमवार खुल्ला प्रतिस्पर्धाबाट लोगो छनोट गर्न सार्वजनिक सूचना निकालेको हो । एन्फाले लोगो डिजाइनको लागि फेब्रुअरी १५ सम्मको समय तोकेको छ ।

एन्फाले फेब्रुअरी १५ भित्र आएको मध्ये उत्कृष्ट एक लोगोलाई छनोट गर्नेछ । जुन लोगो एन्फाले आधिकारिक रुपमा प्रयोग गर्नेछन् । एन्फाले फुटसल कमिटिको लोगो बनाउनेलाई ३० हजार रुपैयाँ दिनेछ । यस्तै फुटसल लिगको लोगो बनाउनेले २५ हजार दिनेछ ।

एन्फाले लोगो डिजाइनको लागि मापदण्ड समेत तोकेको छ । लोगो जीवन्त,आकर्षक हुनुको साथै फुटसलको प्रतीक झल्कनु पर्नेछ ।



प्रतिक्रिया दिनुहोस !