६ जेष्ठ २०८१, आईतवार

देशमा विकासको एउटा लहरनै चलिरहेको छ : प्रधानमन्त्री ओली



माघ, १२ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासको लहर चलेको बताएका छन् ।

दाङको राप्ती गाउँपालिका–७ सिसनिया र गढवा गाउँपालिका–२ महदेवा जोड्ने राप्ती नदीको पुल उद्घाटन पछि सम्बोधन गर्दै उनले देशमा विकासको लहर छाएको बताएका हुन् ।

उनले भने– ‘कोभिड–१९ ले पनी विकासका योजनालाई अवरोध गर्न सकेन । केहि प्रतिकुलात थप्यो तर तिनीहरुलाई चिरेर अगाडि बढ्यो ।’

उनले कोभिड १९ खोप पर्सिबाट लगाउन थाल्ने बताए । कोभिडको खोप फ्रन्टलाइनका व्यत्तिहरुलाई लगाइने बताए । माघ १८ गते भित्र पहिलो चरणको खोप लगाउने बताए ।प्रम ओलीले समयमा पुल निर्माण गर्ने ठेकेदार कम्पनी र निर्माणमा योगदान दिनेलाई धन्यवाद दिएका छन् ।



प्रतिक्रिया दिनुहोस !